श्रीलंकामा आज राष्ट्रपति चुनाव

एजेन्सी

शनिबार, ०५ असोज २०८१, १३ : २२
श्रीलंकामा आज राष्ट्रपति चुनाव

काठमाडौं । सन २०२२ मा भएको प्रदर्शनपछि श्रीलंकामा आज राष्ट्रपति चुनाव हुँदैछ । चुनावमा मूलतः चार मुख्य प्रतिस्पर्धी छन् । तीन अनुहार वंशज राजनीतिक परिवारका छन् भने एक नयाँ ।

वंशज उम्मेदवारहरुमा वर्तमान राष्ट«पति तथा राष्ट्रपति उम्मेदवार रनिल विक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयवर्दनेका भतिजा हुन् । सजिथ प्रेमदशा पूर्वराष्ट्रपति आर प्रेमादसाका छोरा हुन् भने नमल राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेत्रका छोरा हुन् । ५७ वर्षका रनिल, ५७ वर्षका सजिथ र ३८ वर्षका नमल जस्ता राजनीतिक परिवारको विरासत बोकेकाभन्दा भिन्न अनुहार हुन अनुरा कुमारा दिशानायके । ५५ वर्षका उनी अहिले प्रतिस्पर्धात्मक देखिन्छन् ।

विभिन्न मत सर्वेक्षणहरुमा अनुरा र सजिथको मुख्य प्रतिस्पर्धा देखिएको छ । सन् २०१९ को राष्ट्रपतीय चुनावमा जनमुक्ति मोर्चा (जेभीपी) दलको तर्फबाट बनेको गठबन्धनबाट उठेका उनले तीन प्रतिशतमात्रै मत ल्याएका थिए । २२५ सदस्य सदनमा उनको गठबन्धनका तीन सांसद छन्, तर अहिलेको चुनावमा उनको ग्राफ बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस