नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुग्यो

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १६ : २४
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । 

चौबीस घण्टामा ३ हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको थियो । १७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२  पुगेको छ । 

चौबीस घण्टामा २२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस