३ नम्बर प्रदेश राजधानी हेटौँडाबाट नसर्ने प्रचण्डको दाबी

मंगलबार, ०६ चैत्र २०७४, १९ : २६
३ नम्बर प्रदेश राजधानी हेटौँडाबाट नसर्ने प्रचण्डको दाबी

फइल फोटो


-चन्द्र घलान
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुन बताउनु भएको छ । उहाँले आज हेटौँडाको दुई स्थानमा पत्रकारहरुसँग कुराकानी गर्दै राजधानी हेटौँडाबाट नसर्ने बताउनु भएको हो ।
आगामी बैशाख १ बाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वरको विषयमा जानकारी दिने उदेश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले हेटौँडाबाट राजधानी नसर्ने बताउनुभयो । त्यसको लगत्तै हेटौँडा अस्पतालमा बिरामी अवस्थामा रहेका पार्टीका जिल्ला कमिटि सदस्य रामकृष्ण श्रेष्ठलाई भेट गरेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै पूनः सोही कुरा दोहोराउनुभयो ।
उहाँले हेटौँडाबाट कुनै पनि हालतमा दायाँबायाँ राजधानी नसर्ने बताउँदै राजधानीको लागि हेटौँडा नै उपयुक्त भएको समेत दाबी गर्नभयो । हेटौँडाबाट राजधानी सर्छ भनेर चिन्ता नगर्नु भन्दै हेटौँडावासीलाई ढुक्क भएर बस्न समेत उनले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस