काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ता गणेश कार्कीलाई तोकिएको छ ।
कार्यवाहक प्रवक्ता मनिष झा पार्टीको निर्धारित कार्यक्रमको लागि देश बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार झा २०८१ असोज ७ गतेदेखि १४ गतेसम्म देश बाहिर रहने भएकाले पार्टी केन्द्रीय सदस्य कार्कीलाई उक्त जिम्मेवारी तोकिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले बिजुली दिएन भने अझै धेरै लोडसेडिङ हुन्छ : इप्पान अध्यक्ष कार्की