लायन्स क्लब अफ नारायणगढ मिड टाउनद्धारा राजन अधिकारीको नेतृव्वमा नयाँ कार्यसमिती चयन

मंगलबार, ०६ चैत्र २०७४, १७ : ३६
लायन्स क्लब अफ नारायणगढ मिड टाउनद्धारा राजन अधिकारीको नेतृव्वमा नयाँ कार्यसमिती चयन

चितवन । लायन्स क्लब अफ नारायणगढ मिड टाउनले राजन अधिकारीको नेतृव्वमा १५ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । अधिवेशनले प्रथम उपाध्यक्षमा दिपक पराजुली, द्धितृय उपाध्यक्षमा प्रकास गुरुङ्ग, तितृय उपाध्यक्षमा हरि प्रसाद ढकाल, सचिवमा कपिल आचार्य कोषाध्यक्षमा गोविन्द पौडेल चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष शिव प्रसाद पण्डितले  नयाँ कार्यसमितीले नयाँ नेतृव्वको क्षमता प्रर्दशन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु विष्णु घिमिरे, हिरामान मर्हजन, प्रकाश पौडेल, रमेश घिमिरे लगाएतले मन्तव्य राख्नुभएको थियो । अधिवेशन क्लबका अध्यक्ष ई. राजेश कोईरालाको अक्ष्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस