काठमाडौं । कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए ।
‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो ।
विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ माघ २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने
वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
एक वर्षमा झण्डै १२ हजार जना वैदेशिक रोजगारीमा
कामदार मागपत्र प्रमाणीकरण अब अनलाइनमार्फत
वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै