काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
कार्य भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् ।
यस्तै, विगत वर्षहरूमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनौटमा नपरेका उद्यमीले भने आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १० : ५१
लेखकबाट थप