नारायणगढ जेसिसको उद्घोषण तथा भाषणकला शुभारम्भ

मंगलबार, ०६ चैत्र २०७४, १७ : १२
नारायणगढ जेसिसको उद्घोषण तथा भाषणकला शुभारम्भ

चितवन । नारायणगढ जेसिसले आफ्ना सदस्यहरुको नेतृव्व र क्षमता विकासको लागी उद्घोषण तथा प्रभावकारी भाषणकला कार्यक्रम शुभारम्भ गरेको छ । नारायणगढ जेसिसका पुर्व अक्ष्यक्ष एवम् युवा व्यवसायी गोपाल भट्टराईले सो कार्यक्रमको सोमबार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै भट्टराईले सामाजिक रुपान्तरणका लागि आफ्नो बोल्ने क्षमता र व्यतिmत्व विकासका लागि भाषणकला आवश्यक  रहेको  बताउनु भयो ।  नारायणगढ जेसिसका अध्यक्ष अर्जुन अधिकारीको अक्ष्यक्षतामा आयोजिक सो कार्यक्रम नारायणगढ जेसिसका कानुनी सल्लाहकार अनोज जोशीले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा नारायणगढ जेसिसका महासचिव विकासमान श्रेष्ठ, तालिम आयुक्त बासुदेव दवाडी, कार्यक्रम संयोजक सुवास गौतम लगाएतले तालिमको उद्देश बारे बोल्नु भएको थियो । २५ जना सहभागी रहेको सो कार्यक्रम प्रत्येक महिनाको २ दिन संचालन हुने तालिम आयुक्त दवाडीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस