खानेपानीमन्त्रीले जेलमै भेटे विप्लव समूहका नेता ‘सुदर्शन’ लाई

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १२ : ११
खानेपानीमन्त्रीले जेलमै भेटे विप्लव समूहका नेता ‘सुदर्शन’ लाई

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाएको छ । यसैक्रममा खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए ।

स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली पक्राउ भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए ।

महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रा.लि.को मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, वलीलाई नख्खु कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस