भँगेरा दिवस

अाज अन्तर्राष्ट्रिय भँगेरा दिवस

मंगलबार, ०६ चैत्र २०७४, १३ : ०९
अाज अन्तर्राष्ट्रिय भँगेरा दिवस

आज बिस्वभर बिभिन्न कार्यक्रम गरि विश्व भंगेरा दिवस मनाइदै छ । भँगेरालाई जोगाउन र यसका बारेमा जनचेतना फैलाउन सन् २०१० देखि प्रत्यक वर्षको मार्च २० मा मनाउन थालिएको  विश्व भँगेरा दिवस नेपालमा पनि केहि वर्षदेखि मनाउदै आएको छ । ‘भँगेरामै छ जे छ’  भन्ने नाराका साथ नेपालमा पनि भंगेरा दिवस मनाइदै छ ।

भारतको ‘नेचर फरइभर सोसाइटी’को पहलमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा हरेक वर्ष भँगेरा दिवस मनाइँदै आएको छ । करिब तीन वर्ष बाँच्ने, ४० ग्रामसम्म तौल हुने भँगेरो हेर्दा त सानो देखिन्छ । तर पारिस्थितिक प्रणालीमा यसको ठूलो महत्व छ। त्यो महत्व इकोसिस्टमसँग मात्र छैन, हाम्रो जीवनशैलीसँग पनि जोडिएको छ ।

८० वर्षिय वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले भने ‘भँगेरा इकोसिस्टममा चाहिने चिज त हो नै, खेतीबालीदेखि आपतविपद्को जानकारी दिन हामीलाई काम लाग्ने साथी हो, त्यसको संरक्षण गर्नुपर्छ,’। सन् १९५८ मा चीनमा भंगेरा मार्ने एक अभियान चलाइयो–ग्रेट स्पारो क्याम्पियन ।

अन्नबाली नोक्शान गरेकोले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको नेतृत्वमा भंगेरा मार्ने अभियान संचालन भएपछी अभियानमा करिब २ अर्ब भँगेरा मारिएको बताइन्छ । पछी भंगेराको महत्वलाइ बुजेर यो अभिनायानको अन्त्य पनि गरियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘कुरा गर्छन् कसरी भँगेरा र भँगेरी’ बोलको गीत नै लेखेका छन्नेपालमा भँगेराविरुद्ध कुनै अभियान त छेडिएको छैन । अहिले भने काठमाडौँमा भंगेरा कमै देखिन्छ ।  शहरिकन र प्रदुषणका कारण मान्छेको फुच्चे साथी भँगेरा भेटिदैनन् ।

घरमा बस्ने र रुखमा बस्ने गरि भंगेरा दुइ किसिमका हुन्छन । घरमा बस्ने भँगेराले गुँड बनाउँदैनन् । घरका भित्तामा, छानामा भएका प्वालमा बस्छन्। त्यहीँ अण्डा पारेर बच्चा कोरल्छन्। बनमा बस्ने भँगेरा घरतिर आउँदैनन् ।

प्रतिक्रिया दिनुहोस