मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १६ : १६
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेवल साह नियुक्त भएका छन् । त्यस्तै रजिष्टारमा डा विनोद यादव र रेक्टरमा डा। अंकुर साह नियुक्त भएका छन् ।

आइतबार उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । त्यस अवसरमा  मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति गौरवको कुरा भएको बताए  ।

नवनियुक्त पदाधिकारीको लागि अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने पनि जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस