सत्ता टिकाउनकै लागि प्रधानमन्त्री ओलीबाट निर्वाचन घोषणा : रिजाल

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १४ : १७
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री ओलीबाट निर्वाचन घोषणा : रिजाल

file photo

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री ओलीले निर्वाचन घोषणा गरेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्बाउनका लागि मिति घोषणा नगरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’– उनले भने ।

‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे । उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विसोस्त रहेको बताए । नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । 

उनले भने– ‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ पुन स्थापना हुन्छ ।’

उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए छ ।  सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दावी छ । संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस