एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, ११ : २९
एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौं । विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ ।

पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो । तेस्रो संस्करणको फाइनलमा पुलिससँग पराजित भएको आर्मीले चौथो संस्करणको फाइनल जित्दा उपाधि त जित्यो नै, समूह चरणमा एपीएफ व्यहोरेको हारको बदला पनि लिएको छ ।

उपाधिका लागि आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४१३ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसक्दा एपीएफले पूरा ओभर ब्याटिङ गर्न सकेन ।

यद्यपि पहिलो दुई ओभरमै २० रन जोड्दै आसिफ शेख र सुवास खकुरेलले आक्रमक सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा थप एक रन जोडेको एपीएफले चौथो ओभरमा लगातार दुई विकेट गुमायो । १४ रन बनाएका सुबास, जितेन्द्र मुखियाको बलमा विनोद भण्डारीबाट क्याचआउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएका कप्तान शरद भेषावकर पनि मुखियाको बलमा विनोदबाट क्याचआउट भए ।

त्यसपछि सुस्ताएको एपीएफको इनिङ्स आसिफले सम्हाल्ने प्रयास गरे । उनले तेस्रो विकेटका लागि शंकर रानासँग ७१ रनको साझेदारी गरे । तर आर्मीका शहाब आलमले २०औं ओभरमा यो साझेदारी तोडे । ४७ बलको सामना गरेका उनी तीन चौका मद्दतमा २१ रन बनाएर पभेलियन फर्किए । २७औं ओभरको पहिलो बलमा आसिफ शेख आउट भए, जतिबेला एपीएफको स्कोर ११७र४ थियो । ७१ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६१ रन बनाएर आसिफ मुखियाको बलमा रोहित पौडेलबाट क्याचआउट भए ।

३२औं ओभरको तेस्रो बलमा सुमित महर्जन १९ रन बनाएर आउट भए भने ३७औं ओभरको तेस्रो बलमा भुवन कार्कीलाई विक्रम सोबले एलबीडब्ल्यु धरापमा पारे । यस्तै ३९औं ओभरको अन्तिम बलमा सोबले सन्दिप जोरालाई हरि चौहानबाट क्याचआउट गराएपछि एपीएफको इनिङ धर्मराएको थियो ।

४१औं ओभरको अन्तिम बलमा अमर राउटेलालाई सुशन भारीले एलबीडब्ल्यु धरापमा पार्दा आठौं विकेट गुमायो । ४२औं ओभरको दोस्रो बलमा शहाब आलमले कमल ऐरीलाई बोल्ड गरे भने शअर्को बलमा अभिनाश बोहरालाई एलबीडब्लु धरापमा पार्दै एपीएफको इनिङ्स समाप्त पारिदिए ।

एपीएफलाई अलआउट गर्न आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शहाब आलमले समान ३ तथा सुशन भारीले १ विकेट लिए ।

हरि र राजेशले सम्हाले आर्मीको इनिङ

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले हरि चौहानको अर्धशतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो । हरिले सर्वाधिक ५८ रन बनाए ।

राजेश पुलामी मगरले २८ रन बनाए भने शहाब आलमल २५ रनमा अविजित रहे । अन्य खेलाडीले उल्लेख्य ब्याटिङ गर्न सके

प्रतिक्रिया दिनुहोस