श्री ५ को सरकार भन्न पुगेपछि खानेपानी मन्त्री थापाले मागे माफी

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १० : २१
श्री ५ को सरकार भन्न पुगेपछि खानेपानी मन्त्री थापाले मागे माफी

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले माफी मागेका छन् । सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भुलबस श्री ५ को सरकार भन्न पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । 

फेसबुकमा स्टाटस लेख्दै उनले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलबस अन्यथा भएको भन्दै त्यसलाई आफूले तत्कालै सच्याएको बताएका छन् । 

उनले भनेका छन्, ‘आम नेपाली नागरिक, मेरा शुुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’ 


 

प्रतिक्रिया दिनुहोस