प्रधानमन्त्री ओलीले छलफलका लागी बोलाए सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई

मंगलबार, ०६ चैत्र २०७४, १२ : ०४
प्रधानमन्त्री ओलीले छलफलका लागी बोलाए सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् । प्रदेश सरकारले काम नपाएको गुनासो आएपछि प्रधानमन्त्रीले बुधवार मुख्यमन्त्रीहरुसँग सामुहिक छलफल गर्न लागेको हुन ।  

सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानमिा भन्दा काठमाडौंमा बढी समय बिताउदै आएका छन् । मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई दिने गाडीसमेत दिइएको छैनन् ।

यस्तो छलफलमा प्रदेश सचिव पनि सहभागी हुनेछन् । प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस अघि ओलीले आइतवार मन्त्री र सचिवलाई सरकारले गर्न चाहेको कामवारे सामूहिक निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस