काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको गुणस्तर सुधार र सहज उपलब्धताका लागि ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले रगतको गुणस्तरमा देखिएका समस्या समाधान गर्न यो नीति ल्याइएको जानकारी दिए ।
मन्त्री पौडेलका अनुसार रगतको गुणस्तर, मापदण्ड निर्धारण गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्न लागिएको छ । जनस्वास्थ्य सेवा नियमावली २०७७ ले २५ शय्याभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठुला अस्पतालहरूले समेत बिरामीलाई अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् ।
‘रक्तदानको दर निकै कम छ र आम नागरिकलाई यसतर्फ प्रोत्साहन गर्नु आवश्यक छ,’ मन्त्री पौडेलले भने । उनका अनुसार गठित समितिले रगत संकलन केन्द्रहरूको व्यवस्थापन र मापदण्डको अनुगमन गर्नेछ र एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।
हाल रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच समन्वयको अभाव छ । विगतमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रहरू निरन्तर सञ्चालनमा आउन नसक्दा पटक–पटक रगतको अभाव हुने गरेको छ । त्यसैगरी, बिरामी आफैँ रगत खोज्न जाने भएकाले ब्लड ब्याकदेखि अस्पतालसम्म पुर्याउँदा रगत भण्डारणको मापदण्ड पालना नहुने चिकित्सक बताउँछन् ।
रगतको संकलन, भण्डारण, प्रशोधन र वितरणमा मापदण्ड पालना नगरिँदा एवं नियमन नहुँदा बिरामीको जीवनमै खेलबाड भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्रालयमा आवश्यक स्वास्थ्य जनशक्ति थप्ने बाटो खुल्यो
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले थाल्यो जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया
स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन