बस दुर्घटनामा कुमारी बुढाकाे मृत्यु

मंगलबार, ०६ चैत्र २०७४, ११ : २३
बस दुर्घटनामा कुमारी बुढाकाे मृत्यु

बागलुङ । बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ ।

करीव ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा परेको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । बस सडकदेखि झण्डै २५ मिटर तल बडीगाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । ९रासस०

प्रतिक्रिया दिनुहोस