आदिकवि भानु मा.वि.को एल्मुनाई एसोसिएसनमा को को रहेछन

मंगलबार, ०६ चैत्र २०७४, ०८ : ४८
आदिकवि भानु मा.वि.को एल्मुनाई एसोसिएसनमा को को रहेछन


    नारायणगढ । श्री आदिकवि भानुभक्त माध्यमिक विद्यालय, पोखरा बसपार्क, नारायणगढको भूतपूर्व विद्यार्थीहरूको नयाँ कार्यसमिति चयन भएको छ ।

भूतपूर्व विद्यार्थीहरूको भेला बसी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी र विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाको समुपस्थितिमा सोमबार ११ सदस्यीय कार्यसमिति चयन भएको छ । ३ वर्षका लागि गठन गरिएको सो कार्यसमितिमा अध्यक्ष दीपक नेपाल, उपाध्यक्ष सुमिना जोशी श्रेष्ठ, सचिव विधान श्रेष्ठ, कोषाध्यक्ष कल्पना गिरी श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा शम्भु भण्डारी, प्रकाश त्रिपाठी, शशि श्रेष्ठ, सम्झना गिरी, प्रमिला शर्मा, सुनिता श्रेष्ठ र निवर्तमान अध्यक्ष प्रशन्न श्रेष्ठ रहेका छन् । सो भेलामा पूर्व अध्यक्षहरू पुष्प श्रेष्ठ, राजेन्द्र देवकोटा, सञ्जय पाण्डेलगायतको उपस्थिति रहेको थियो । सो विद्यालयले गत माघ महिनादेखि २०७५ माग २५ गतेसम्मलाई स्थापनाको स्वर्ण महोत्सवको रूपमा मनाइरहेको छ l 

प्रतिक्रिया दिनुहोस