पार्टीका केही नेता ढुलमुले भएको आरोप

रासस

विहीबार, १५ माघ २०७७, २१ : २३
पार्टीका केही नेता ढुलमुले भएको आरोप

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताउनुभएको छ ।

सुनसरीको दुहबीमा  जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय सदस्य  पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही व्यक्ति स्वार्थ लिप्तामा लागेको आरोप लगाउनुभयो । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताउनुभयो ।  

प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुशियत, पार्टी नेत्री भगवती चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस