नयाँ शक्ति पार्टीका दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

मंगलबार, ०६ चैत्र २०७४, ०८ : ४१
नयाँ शक्ति पार्टीका दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय नेता लक्ष्मण गुरुङसहित २ दर्जन नेता कार्यकर्तानेकपा माअोवादी केन्द्रमा प्रवेश गरेका छन् ।

स्थानीय निर्वाचनमा धार्चे गाउँपालिका अध्यक्ष उम्मेद्वार बनेका गुरुङको नेतृत्वमा माओवादीमा प्रवेश गर्नेहरुमा धार्चे वडा नं ३ का वडाअध्यक्ष ईन्द्र प्रसाद गुरुङ र प्रदेशसभा निर्वाचनमा समानुपातिक संसदका उम्मेदवारसमेत रहेका मीन बहादुर सुनार लगाएतका छन् ।

प्रवेश गर्नेहरुमा आरुघाट धार्चे चुमनुव्री तीनवटै गाउपालिकाका नयाँ शक्ति पार्टीका सबै वडाका वडा संयोजकहरु रहेका छन् । गुरुङसहित अन्य पार्टी प्रवेश गर्नेहरुमा मिन बहादुर सुनार, इन्द्र गुरुङ, दलबिर गुरुङ, सोम थापा मगर, नितेश गुरुङ, धन बहादुर सुनार, अर्जुन गुरुङलगायत छन् । उनीहरुले यहि चैत १ गते माअाेवादी केन्नद्रमा फर्कने निर्णय गरेका हुन् । उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस