देश नयाँ मोडमा प्रवेश गरिसकेको छ : प्रधानमन्त्री ओली

सोमबार, ०५ चैत्र २०७४, १८ : १२
देश नयाँ मोडमा प्रवेश गरिसकेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन् । चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज  उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताएका हुन् ।
‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो ’ प्रधानमन्त्री ओलीले भने, ‘अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ ।’
‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस् भन्ने सबैको चाहना छ ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’
जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताएका छन् । ‘सबैले शान्तिको अनुभूति गरुन्। कसैलाई अन्याय नपरोस्’ प्रधानमन्त्री ओलीले भने, ‘मान्छे देख्दा शत्रु होइन। दाजुभाइ दिदीबहिनी देखियोस् ।’

प्रतिक्रिया दिनुहोस