एजेन्सी । कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिजिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतरनाक मानिन्छ । कलेजोमा समस्या आएको विभिन्न संकेतहरु देखिन्छन् ।
लामो समयसम्म कलेजोमा समस्या आउँदा कलेजोमा सिरोसिस हुने खतरा बढ्छ । सिरोसिस एडभान्स स्टेजमा पुगेपछि गम्भीर लक्षणहरु देखिने गर्छ ।
भारतीय नेशनल हेल्थ सभिर्सका अनुसार गोडा, कुर्कुच्चा र पन्जामा गम्भीर प्रकारको पीडा महसुस हुने लक्षणहरु कलेजो बिग्रिएको संकेत हुनसक्छ ।
विशेषज्ञका अनुसार सिरोसिस भएको संकेतहरुबाट पनि पत्ता लगाउन सकिन्छ । छालाको पहेँलोपन, आँखाको सेतो भाग पहेँलो हुनु र छालामा चिलाउने समस्या आउनु चेतावनीको संकेत हुन सक्छ ।
जीवनशैलीमा परिवर्तन ल्याउने गर्दा कलेजोमा जम्मा हुने बोसो हटाउन सकिन्छ । नियमित व्यायामले शरीरको तौल कम गरेर कलेजोमा थप समस्या आउनबाट जोगाउन सकिन्छ ।
मद्यपान तथा धुम्रपानको सेवन गर्न हुँदैन । सन्तुलित भोजन गर्ने गर्दा पनि कलेजो सुरक्षित स्वस्थ रहन मद्दत पुग्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० माघ २०७७, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकको टोलीले गरे कलेजो प्रत्यारोपण
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
छोरीको कलेजोले बुबाले पाए नयाँ जीवन