त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकको टोलीले गरे कलेजो प्रत्यारोपण

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ०९ : ०४
त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकको टोलीले गरे कलेजो प्रत्यारोपण

काठमाडौ ।  त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोगबिना नेपाली चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गरेको छ ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ३० वर्षका युवकको कलेजो प्रत्यारोपण भएको हो । उनलाई २७ वर्षकी श्रीमतीले कलेजो दान गरेकी थिइन् । 

कलेजो सर्जन डा. भण्डारीले शिक्षण अस्पतालको जनशक्तिले विदेशी चिकित्सकको सहारा नलिई कलेजो प्रत्यारोपण गर्न सफल भएको जानकारी दिए ।

उनले कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको सहारा लिनु पर्दैन भन्ने सन्देश दिइएको जानकारी दिँदै अब नेपाली चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गर्ने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस