‘हामीले धेरै कुरा पाएका छौं तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, : प्रचण्ड

सोमबार, ०५ चैत्र २०७४, १७ : ३०
‘हामीले धेरै कुरा पाएका छौं तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हामीले नयाँ सविधान र यसको कार्यान्वयन सँगै धेरै कुरा पाएको र अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी रहेको बताएका छन् । माओवादी केन्द्र निकट जनसांस्कृतिमा महासंघले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  प्रचण्डले यस्तो बताएका हुन् । नेपाली राजनीति विगत ३० वर्षदेखि एउटा गतिमा अगाडि बढिरहेको बताउँदै प्रचण्डले भने, अहिले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा हामीले गरेका छौं ।’  पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको समेत उनले बताए  । बैठकमा संगठनका विभागीय इन्चार्ज दीनानाथ शर्मा र केन्द्रीय अध्यक्ष नरेश भण्डारीलाई अध्यक्ष प्रचण्डले सम्मानित गरेका थिए ।

उनले कम्युनिष्टहरुले रणनैतिकरुपमा उद्देश्यहरु बदलेपनि प्रमुख उद्देश्य समाजवादको यात्रा चाहिँ नबदलेको बताए । सो अवसरमा जीवन शर्मा, विमल निभा, सीता आचार्यलगायतलाई सम्मान समेत गरिएको थियो ।

यसैबीच समाजवादी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्र्माण गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले अबका दिन विकास र समृद्धि मार्फत समुन्नत मुलुक निर्माण गर्नु रहेको बताउँदै जनताले भाषण नभई एक्सन चाहेको बताएका छन् ।

‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्कोले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुबै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।’

 

 

 

प्रतिक्रिया दिनुहोस