ललितपुरमा एक दम्पती मृतावस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, १२ : ५२
ललितपुरमा एक दम्पती मृतावस्थामा फेला

ललितपुर । ललितपुरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा रहेको घरको ग्राउन्ड फ्लोरमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेका हुन् ।

उनीहरुले आत्महत्या गरेको आशंका गरिएको भन्दै प्रहरिले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस