बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फेल (नन ग्रेडेड) भएपछि रूपन्देहीका दुई विद्यार्थीले आत्महत्या गरेका छन ।
एसईई परीक्षामा फेल भएपछि जिल्लाको देवदह नगरपालिकाको एक बोर्डिङ स्कूलका विद्यार्थी पूजा न्यौपाने र सृष्टि गुप्ताले आत्महत्या गरेका हुन ।
१५ वर्षीया पूजा र १८ वर्षीया सृष्टिले आफ्नै घरमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक (इन्पेक्टर) दीपेन्द्र बानियाँले लोकान्तरलाई जानकारी दिए ।
उनीहरू दुवै एसईई परीक्षामा अनुत्तीर्ण भएका थिए बिहीबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले यसपालि प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार नतिजा सार्वजनिक गरिएको थियो ।
परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’मा परेका छन् ।
एसईई परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ६५ जना विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना योग्य भएका छन् । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी ननग्रेडिङमा परेका हुन् । यीमध्ये १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थी दुई विषयमा फेल भएका छन् ।
यद्यपि 'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले दुईभन्दा बढी विषयमा 'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले परीक्षा दिन पाउने गरी निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास
संसद् भवन सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या