काठमाडौँ । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।
जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम फाल्ने प्रयास गरेकी हुन् । उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ ।
यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ साउन २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईमा फेल भएपछि दुई छात्राले गरे आत्महत्या
संसद् भवन सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या
रौतहटमा एकैदिन चार युवतीले गरे आत्महत्या
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुखद्वारा त्रिशूलीमा हाम फालेर आत्महत्या