धितोपत्र बोर्डका अध्यक्षले गरे ५ दिनमै पिताको काजक्रिया

सोमबार, ०५ चैत्र २०७४, ११ : ३७
धितोपत्र बोर्डका अध्यक्षले गरे ५ दिनमै पिताको काजक्रिया

ओखलढुंगा : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया गरेका छन् । आजभोली परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ । फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि अध्यक्ष कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सकेका छन् ।

ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहेका उनी ८८ वर्षीय पिता पनि पाँच दिनमै क्रिया सक्न सहमत भएकाले सजिलो भएको बताउछन । पाँच दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी भएका थिए ।

“मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ, बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ, यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानुपर्छ”– अध्यक्ष कार्कीले भने । उनी सचिव रहेको कार्की समाजले सदस्यका बीच एक वर्ष छलफल गराई संस्थागत रुपमा पाँच दिनमा मृत्यु संस्कार सक्ने निर्णय गरेको छ ।

पाँच दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनमै सिध्याउने गरी छलफल शुरु गरेको छ । एक वर्ष अघि प्रतिष्ठान र राष्ट्रिय जनसांस्कृतिक प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गोष्ठीमा कार्यपत्रसमेत प्रस्तुत भएको सदस्य सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस