चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, ११ : ५५
चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन । चितवनमा उपचारको क्रममा थप एकजनाको कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत राप्ती नगरपालिका–५ निवासी ६० वर्षिय पुरुषको सोमबार राति मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी पुस १९ गते मेडिकल कलेज भर्ना भएका थिए । भर्ना भएकै दिन परिक्षणको क्रममा उनमा कोरोना संक्रमण पृष्टि भएको कलेजले जनाएको छ । कलेजका अनुसार उपचारको क्रममा गए राति ८ बजेर ५९ मिनेटमा उनको मृत्यु भएको हो ।
 

प्रतिक्रिया दिनुहोस