काठमाडौं । सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो ।
धितोपत्र कारोबार तथा राफसाफ प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यसअघि रहेको टी प्लस ३ को राफसाफ समयलाई ती प्लस २ मा झारिएको बोर्डका सह–प्रवक्ता रुपेश केसीले जानकारी दिए । टी ले कारोबारको समयलाई जनाउने भएकोले यसले कारोबार भएको २ दिनभित्र राफसाफ भइसक्नुपर्ने बुझाउँछ ।
अब २ दिनभित्र राफसाफ भइसकेर तेस्रो दिन बिक्रेताले भुक्तानी पाउने सह–प्रवक्ता केसीले बताए । यसअघि चौथो दिनमा भुक्तानी पाउने व्यवस्था थियो ।
पहिले चेकमार्फत् भुक्तानी हुने गरेकोमा चेक क्लियरिङका लागि समय लाग्ने भएकोले पैसिा आउन एक हप्ता भन्दा बढी लाग्थ्यो ।
अहिले बिक्री गरिएको रकम अनिवार्य रुपमा बैंक खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ पुस २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला