मेयर चौधरीको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

आइतबार, ०४ चैत्र २०७४, १२ : ४०
मेयर चौधरीको अवस्था बुझ्न प्रधानमन्त्री ओली  अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको  घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले उनको अवस्था खतरमुक्त बताएका छन् । प्रधानमन्त्री  ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भने ‘उपचारमा कुनै पनि कसर बँँकी नराखी गर्नुहोस् ।’

मेयर चौधरीलाई  अपरिचत समुहले गत सोमबार (फागुन २८ गते)  घोडाघोडी मै  गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताएका छन् ।

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेता सुवासचन्द्र नेम्वाङ,प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल,एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस