काठमाडौँ । नेकपा ओलि समुहका नेता तथा पूर्व मन्त्री रघुवीर महासेठले श्रीमतीको मन्त्री पद बचाउनका लागि प्रधानमन्त्री केपि शर्मा ओलि तर्फ लागेको भन्दै आफै निर्वाचित भएको क्षेत्रमा कालो झण्डा देखाइएको छ ।
उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समुहले आइतबार कालो झण्डा देखाएका हुन् ।
संसद विघटन पछि प्रधानमन्त्री ओलि समुहमा महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन् ।
ओली पक्षमा लागेर संसद विघटन गर्नेलाई सघाएको भन्दै महासेठका समर्थकहरुले बटेश्वर गाउवासीलाई भेटघाट गर्न आएको बेला स्थानीय बजार नजिक उनलाई कालो झण्डा देखाएका थिए ।
नेकपाका माधव प्रचण्ड पक्षका स्थानीय नेता कुशेश्वर महतो, कृष्णकुमार महतो, रामुकमार महतो, राजकुमार महतो, रामकुमार पासवान लागायतले कालो झण्डा देखाउँदै उनी विरुद्ध प्रदर्शन समेत गरेका थिए ।
महासेठ निर्वाचित धनुषाको बटेश्वर गाउलेले महासेठ ओली समुहमा लागेपछि अधिकांश नेता तथा कार्यकार्ता उनको विपक्षमा उभिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ पुस २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्यो : यातायातमन्त्री महासेठ
किमाथाङ्का-खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन : रघुवीर महासेठ
आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने छ : उपप्रधानमन्त्री महासेठ
उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण