सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, २० : १७
सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्दै उनकी श्रीमती सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् ।  मेडिसिटी अस्पतालमा बुधबार नै उपचारका लागि भर्ना भएकी सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले आफूले भेट्न अर्थमन्त्री बिष्णु पौडेल र पूर्वसभामुख सुवासकुमार नेम्वाङलाई पठाउन लागेको जानकारी गराएका थिए ।

 सीता दाहाल केही बर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।

प्रतिक्रिया दिनुहोस