सुनचाँदी पसलमा आगलागी

शनिबार, ०३ चैत्र २०७४, १० : २९
सुनचाँदी पसलमा आगलागी

उर्लाबारी, मोरङ । सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ ।

साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा रु चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस