चितवन नेकपा पार्टी कार्यालयमा प्रहरी तैनाथ, सत्ता र शक्तिको दुरुपयोग

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ११ : ३२
चितवन नेकपा पार्टी कार्यालयमा प्रहरी तैनाथ, सत्ता र शक्तिको दुरुपयोग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सत्ता र शक्तिको दुरुपयोग गर्दै नेकपाको पार्टी कार्यालयहरुमा सुरक्षाकर्मीलाई तैनाथ गराएको छ । देशका विभिन्न जिल्लाका नेकपा पार्टी कार्यालयमा यतिबेला प्रहरी तैनाथ गरिएको छ । 

यस्तै चितवनको भरतपुर १० स्थित मदननगरमा रहेको नेकपाको पार्टी कार्यालयलाई पनि यतिबेला प्रहरीहरुले सुरक्षा घेरामा राखेका छन् । आज दिउँसो प्रचण्ड–नेपाल पक्ष नेकपाले सोही पार्टी कार्यालयको सभा हलमा कार्यकर्ता भेला आयोजना गरेको थियो । सो भेलामा आएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुलाई प्रहरीले पार्टी कार्यालयमा प्रवेश गर्न दिएको छैन ।

‘यो सत्ता र शक्तिको चरम दुरुपयोग भएको छ, ओली सरकारले नेकपाको पार्टी कार्यालयलाई घेरा हालेर गर्न खोजेको के हो ?’ दाहाल–नेपाल पक्षका एक नेताले भने, ‘आज कार्यकर्ता भेला आयोजना गरेका थियौँ, ओली सरकारले हाम्रो कार्यकर्ताको जनमत देखेर कार्यकर्ता भेला हुनबाट रोक्ने प्रयास गरेको हो, तर मूल धारको नेकपाको जनमतलाई कसैले रोक्ने चेष्टा नगरे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस