आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, ०९ : ०८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र मध्यका पहाडी क्षेत्रमा आंशिक बदली भई अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस