अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान

आइतबार, १० मंसिर २०७४, १४ : ३१
अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान

 

 प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।  

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार  अपराह्न १ बजेसम्म औसतमा ४० प्रतिशत मतदान भएको छ ।  सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।  साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।
 

 

प्रतिक्रिया दिनुहोस