आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, ०९ : २२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बुधबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको प्रभावका कारण विभिन्न क्षेत्रको मौसम प्रभावित हुने भएको हो ।

यसैगरी राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा हुनेछ ।  मौसमविदले अधिकांश स्थानको तापक्रममा  गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस