समानान्तर बैठकमा ओलीमाथि खनिए नारायणकाजी

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १४ : ००
समानान्तर बैठकमा ओलीमाथि खनिए नारायणकाजी

file photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरणको उद्देश्यविपरीत एकलौटी ढंगले अघि बढ्न थालेपछि पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको औचित्यमाथि प्रकाश पार्दै प्रधानमन्त्री ओली विचार, नीति, विधि र पद्धतिलाई बेवास्ता गरेकै कारण यो संकट आइपुगेको प्रस्ट पारे ।

जनवादी क्रान्ति समाप्त भएपछि समाजवादी क्रान्तिको नयाँ चरणमा नेपाल प्रवेश गरेको जिकिर गर्दै उनले सोही अनुसार २०७५ जेठ ३ को एकता घोषणा स्मरण गराए । 

कम्युनिस्ट पार्टीका अध्यक्ष, कम्युनिस्ट प्रधानमन्त्रीकै तर्फबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको उनको भनाइ थियो । संसद विघटन यसको ज्वलन्त उदाहरण रहेको उनले बताए । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई धक्का लाग्ने देखेर आफूहरुले यो कदम चालेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस