काठमाडौं । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले बताएका छन् ।
यादवले कारबाहि बहुमतले गर्ने भएका कारण ओलीसंग बहुमत नभएको भन्दै कारबाहि गर्ने हैसियत नभएको उल्लेख गरेका हुन् । “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ ।” यादवले भने
नेता यादवले नेकपा विभाजन नहुने र ओली समूहलाई मन नपरे पार्टी छाडेर जानसक्ने पनि बताए । तर ओली सुर्धिएर आएमा भने पार्टीले स्वीकार गर्ने उनले बताए । यादवले भने, “हामी पार्टी फुटाउदैनौं । बहुमत पक्षले किन पार्टी फुटाउने ।”
पूर्वमन्त्रीसमेत रहेका नेता यादवले ओलीले चालेको कदमको पार्टीले विरोध गर्ने बताए । मान्छे नमरीकन मर्यो भन्ने नक्कली कागज बनाएर सम्पत्ति हड्पेजस्तै संसद् विघटन गरे पनि संसद् जीवितै रहेको यादवको तर्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, ११ : ३२
लेखकबाट थप