काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष राणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए।
उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए । अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडी बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए । उनले भने, ‘‘गैर संवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधान विपरित संसदको मर्म र भावना विपरित, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो ।’’
राप्रपाले यसअघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सो घोषणा गरेकी हुन् । उक्त कदमको चौतर्फी विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु