प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकमा संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण, सबै सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : ५९
प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकमा संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण, सबै सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

file photo

काठमाडौं । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तनसक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन् । 

संसद् विघटनको विषयले देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिएका हुन् । 

अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आ आफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस