प्रधानमन्त्रीले ‘कू’ गरे : अधिवक्ता बिडारी

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : ४०
प्रधानमन्त्रीले ‘कू’ गरे : अधिवक्ता बिडारी

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले प्रधानमन्त्रीले संसद विगठन गरी कु गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक मन्त्रपरिषद् बैठक बोलाएर संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । 

सांसद बिडारीले अहिलेको संविधान अनुसार कुनै हालतमा सरकारले संसद विघठन गर्न नसक्ने बताए । उनले भने, ‘कुनै त्यस्तो अप्रीय घटना भएको पनि छैन, संविधानको धारा ७६ र १०० दुई वटालाई मिसाएर हेर्दा यो सरकारले यसरी विघटन गर्न सक्दैन  ।’ 

‘संविधानमै नभएको कुरा सरकारले गरेपछि त्यसलाई के भन्ने  यो कू गरेको हो उनले भने, ‘यसलाई सेनाले साथ दिने, अरुले साथ दिएर टिक्यो भने थाहा छैन, नत्र यो टिक्ने काम गरेको हैन ।’

उनले भने, ‘राष्ट्रपति संविधानको पालक र रक्षक हुन्, उनले पनि गैरसंवैधानिक काम गरिन भने त्यो संविधानमाथि कू हो, संविधान नमानेको अवस्था हो  त्यसकारण राष्ट्रपतिले यो कदमलाई साथ दिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस