मन्त्रिपरिषदको बैठक चलिरहँदा प्रचण्ड बालुवाटार पुगे

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १० : ४३
मन्त्रिपरिषदको बैठक चलिरहँदा प्रचण्ड बालुवाटार पुगे

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक चलिरहेको समयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासी बालुवाटार पुगेका छन् ।

प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुने । 

प्रतिक्रिया दिनुहोस