कांग्रेस-जसपा बैठक : तत्काल संसद बैठक बोलाउन माग गर्ने

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, १९ : २६

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी जनता समाजवादी पार्टी (जसपा)बीच दुई बुँढे समझदारी भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा काँग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए ।

साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएका छन् । ‘कतिपय मुद्दामा हाम्रो मत फरक फरक होला, तर समन्वयत्मक ढंगले काम गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा हामी सहमत भएका छौं’ कांग्रेस नेता रिजालले भने ।

प्रतिक्रिया दिनुहोस