आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, ०८ : २७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा मौसम सफा रहने जनाएको छ । हाल नेपालको पश्चिमी तथा मध्य तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस