आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, ०८ : ४१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पुर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम  सफा रहने छ ।

हाल नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो र वाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागेको छ । शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने मौसमविदले बताएका छन् । अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस