आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, ०८ : ५१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबारदेशका केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सफा रहने  जनाएको छ । 

अहिले पूर्वी तथा पश्चिम नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । बुधबार दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

उल्लेखनीय मौसमी प्रणाली नरहेकाले अधिकांश क्षेत्रको मौसम सफा रहने पनि केही स्थानमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने देखिएको हो । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस