प्रमुख निर्वाचन आयुक्तद्धारा निर्वाचनको प्रत्यक्ष निगरानी

आइतबार, १० मंसिर २०७४, १३ : ११
प्रमुख निर्वाचन आयुक्तद्धारा निर्वाचनको प्रत्यक्ष निगरानी

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको छ ।

  मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उहाँहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको हो ।
 
  आज भइरहेको विकट हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई  निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा निर्वाचन आयुक्तबाट भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
 

 

प्रतिक्रिया दिनुहोस