कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १५ : ३३
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कारोना भाइरसको संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् । 

उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस